काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता संघीय चुनावको मिति घोषणा हुने बताएका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले संघ र प्रदेशको निर्वाचनको मितिबारे साउन ४-५ गते बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय लिने बताएका हुन् । त्यसैगरी उनले चुनाव केन्द्रित हुन कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । ‘अब इलेक्सनको मोडमा जाने…