काठमाण्डु- नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार कार्यवाहक सभापति डिपी अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटीसहितका नेताहरूले उनलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टीका सभापति रवि लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको उनले बताए । रास्वपा प्रवेश गर्दै पोखरेलले पार्टी सभापति लामिछानेमाथि…