संसदमा आज पनि रोकिएन एमालेको नाराबाजी

काठमाण्डु – प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जनाएको छ । बुधबार सभामुख अग्निप्रसाद सापकोटाले सदन गरेलगत्तै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् । संसदको नवौँ अधिवेशनदेखि नै एमालेका सांसदहरूले लगातार नाराबाजी गर्दै आएका छन् । संघीय संसद्को दशौँ अधिवशेन गत मंसिर २८ गतेदेखि शुरु भएको छ ।…