जनजाति महिला कोटाबाट केन्द्रीय सदस्य बनिन् इश्वरी जीएम

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय सदस्यमा ईश्वरी जीएम निर्वाचित भएकी छन् । चितवनको सौराहामा मंगलबार सम्पन्न एमालेको दशौं महाधिवेशनबाट ३२ वर्षीया जीएम जनजातिको महिला क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा जीएम कान्छी सदस्यको रूपमा निर्विरोध निर्वाचित भएकी हुन् । रोल्पाको नुवागाउँमा जन्मीएकी जीएम विद्यार्थी राजनीतिबाट एमालेमा संगठित भएकी थिइन्…