काठमाण्डु – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन एमालेले सचिवालय बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनले बताइन् । नेपाली…