काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक सदस्यद्धय चन्द्र गुरुङ र उद्धव पौडेलले पार्टी परित्यागको घोषणा गरेका छन् । उनीहरुले पूर्वअध्यक्ष कमल थापा पार्टीबाट अलग भएको भोलिपल्टै सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । ‘राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नतालाई अन्त्य गर्दछु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु । सबै…