काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आफ्ना असहमतिका विषय संसदमै राखेर अघि बढ्न आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठक एमालेले अवरुद्ध पारेपछि सभामुख सापकाटाले आफ्ना मागलाई सदनमा राख्न आग्रह गरेका हुन् । ‘सभाको नियमित प्रक्रियामा प्रवेश गरी आफ्ना असहमतिलाई राख्न अनुरोध गर्दछु । माननीय सदस्यहरू सभाको बैठकलाई सुव्यवस्थित तरिकाबाट सञ्चालन…