काठमाण्डु नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार यी दुई अध्यक्षबीच सिंहदरबारमा भेटवार्ता भएको हो । उक्त भेटमा उनीहरुले अमेरिकी सहयोग परियोजना एमसीसी र गठबन्धनको विषयमा छलफल गरेका थिए । यसअघि नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि उनले सिंहदरबारमा प्रचण्डसँग…