मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले अपराह्न ३ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेगरि बैठक बोलाएका हुन् । बैठकमा सरकारका काम, समसामयिक राजनीतिक घटनाक्रमसहितका विषयमा छलफल हुने जनाइएको छ । सरकार गठन भएको दुई महिना वित्दासमेत प्रधानमन्त्री देउवाले देउवाले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन ।