काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार काठमाण्डु आइपुगे । लामो समय चिनमा उपचार गरेर स्वदेश फर्किदा उनी निकै उत्साही देखिन्थे । पत्नी ओनसरी घर्तीसहित हिमालयन एयरलाइन्सको कार्गो विमानबाट फर्किएका उनले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै आफू स्वस्थ भएको बताए । विमानस्थलमा केही महत्वपूर्ण अभिव्यक्ति दिँदै उनले पार्टी महासचिवमा आफ्नो दाबी रहेको…