काठमाण्डु - नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउनेगरि नै छलफल भइरहेको जनाएको छ । आज भएको पत्रकार सम्मेलनमा नेताहरूले महाधिवेसनमा एउटै उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका हुन् । यो समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी छन्…