काठमाण्डु- बिहीबार बिहान प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन बाह्य दबाब परेको विषयमा स्पष्टिकरण दिँदै त्यस्तो दाबीलाई खारेज गरेको छ । विगत केही दिनदेखि गृहमन्त्री अर्याललाई हटाउन काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणप्रति सचिवालयले ध्यानाकर्षण भएको जनाउँदै कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय…