काठमाण्डु – नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस संविधान, परिवर्तन र जनताको अधिकारको रक्षाका लागि बृहत् एकतासहित अगाडि बढ्ने बताएका छन् । सोमबार काठमाण्डुमा आयोजित नेपाल तरुण दलको ७३औं स्थापना दिवसको शुभकामना आदानप्रसाद कार्यक्रममा बोल्दै उनले विगतको इतिहासको कालखण्ड जस्तै जनताले फेरि नेपाली कांग्रेसबाट अपेक्षा र आशा गरेको भन्दै कमी–कमजोरीहरूलाई स्वीकार गर्दै संविधान…