काठमाण्डु - नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । पूर्वसांसद समेत रहेकी उपाध्यायले पार्टीको १४ औं महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन । उपाध्यायलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट सह-महामन्त्रीमा टिकट दिने निश्चित समेत भइसकेको छ । पार्टीभित्र महिलाको समान उपस्थिति जनाउन…