काँग्रेस महाधिवेशन : प्रतिनिधिमा पराजित भएकाहरु कार्यसमितिमा उम्मेदवार हुन पाउने

काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका व्यक्ति जिल्ला कार्यसमितिको सभापतिबाहेक अन्य पदमा उम्मेदवार हुन पाउने भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले सोमबार ७७ वटै जिल्लाका निर्वाचन अधिकृतलाई पत्राचार गर्दै महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्ति जिल्ला कार्यसमितिको सभापतिबाहेकका पदमा उम्मेदवार हुन पाउने जानकारी दिएका हुन् । तर, यो नियम दुई वा…