बारलाई ओलीको जवाफः देउवा र प्रचण्डले भनेको सुन्नु भएन ? महाअभियोग दर्ता हुँदैन

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग दर्ता नहुने बताएका छन् । मंगलबार महाअभियोग लगाउन आग्रह गर्दै बालकोट पुगेको बार पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरूसँगको अध्यक्ष ओलीले जबराविरुद्ध महाअभियोग दर्ता हुन नसक्ने बताए । उनले परमादेशमा सेटिङ गर्नेहरूकै कुरा बाझिएको बताएका हुन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको सुन्नु भएन ?…