काठमाण्डु – नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि सदस्यता नविकरणमा कडाइ गरेको छ । कांग्रेसले कुनै पनि चुनावमा विद्रोही रहेका उम्मेदवारको सदस्यता नविकरण नगर्ने भएको हो। छानविन समितिका सचिव केवश रिजालले कुनै पनि तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका व्यक्तिको सदस्यता नविकरण नगरिने बताए । त्यस्तै, विद्रोही उम्मेदवारको समर्थन, प्रस्तावक र पार्टीको अनुशासनको कारबाहीमा…