काठमाण्डु – सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरुबाट बहिस्करणमा परेका प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा राजीनामा नदिने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सहयोग पाएका प्रधानन्यायाधीश जबरा चौतर्फी दबाबकाबीच राजीनामा नदिने मनस्थितिमा पुगेका हुन् । न्यायालयभित्र विकृति फैलाउने काम गरेको भन्दै न्यायाधीशहरुबाटै बहिस्कृत भएका उनलाई सत्तापक्षले समर्थन गरेपछि महाअभियोग र राजीनामाको बाटो बन्द भएको हो । प्रधानमन्त्री…