काठमाण्डु – जेनजी आन्दोलनपछि सुरक्षा चुनौती बढेको भन्दै काठमाण्डु जिल्ला प्रशासन कार्यालयले आगामी शनिबारका लागि तोकिएका मोटरसाइकल र्याली, सभा र प्रदर्शनजस्ता कार्यक्रमहरूलाई स्वीकृति नदिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वर राज पौडेलले शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचनामा भदौ २३ गतेको जेनजी आन्दोलनपछि भएको तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको…