काठमाण्डु – नेपाली कांग्रेसले कुनै पनि किसिमको अप्राकृतिक र सत्ता केन्द्रित गठबन्धन नगर्ने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले कुनै पनि किसिमको चुनावी गठबन्धन नगर्ने र सधैं मूल्य र सिद्धान्तमा अडिक रहने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले भने, ‘कुनै अप्राकृतिक गठबन्धन वा सत्ता केन्द्रित गठबन्धन हामी गर्नेवाला छैनौं…