मन्त्रिपरिषदका १४ निर्णय : चीनसंगको सीमा विवाद अध्ययन गर्न समिति गठनदेखि सुरक्षा भत्ता कार्यान्वयन गर्नेसम्म

काठमाण्डु – सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रमा उठेको समस्या अध्ययन गर्न समिति गठन गरेको हो । मन्त्रिपरिषदका बैठकहरु सार्वजनिक गर्दै कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिमा…