काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्दा केही व्यक्ति छट्पटाएको बताएका छन् । आइतबार पाँचौ इन्द्रदह पर्यटन महोत्सवलाई दहचोकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डतर्फ संकेत गर्दै विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्दा छटपटी भएको बताएका छन् । ‘विप्लवले द्वन्द्व छाडेर राष्ट्रिय राजनीतिमा आउँछौं भन्दा केहीलाई छटपटी भएको…