काठमाण्डु – जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव अघि सारेका छन् । शुक्रबार बिहान नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पलकम दाहाल प्रचण्डसँगको भेटमा अध्यक्ष यादवले ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका हुन् । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले यादवको उक्त प्रस्तावलाई प्रचण्डले सकारात्मक रुपमा लिएको बताए । ‘उपेन्द्रजीले महन्थजीलाई प्रधानमन्त्री बनाऔं…