बानेश्वरमा कांग्रेसका तीन नेताबीच ‘लञ्च मिटिङ’, देउवाको विकल्पबारे छलफल

काठमाण्डु – नेपाली कांग्रेसका तीन नेताबीच भेटवार्ता भएको छ । सोमबार नयाँ बानेश्वरमा १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको हो । स्रोतकाअनुसार निधिले सभापतिमा आफूलाई सहयोग गर्न नेताहरुसँग आग्रह गरेका छन् । उपसभापति  निधिको प्रस्तावपछि नेता सिंहले आफू पनि सभापतिमा दाबेदार रहेकाले…