काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् । त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन् । केसीलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो…