काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाको भव्य गृहकार्य भए पनि कोभिड –१९ ले अभियान सफल हुन नसकेको बताएका छन् । पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद्का समन्वयमा बिहीबार पोखरामा भएको ‘नवीनतम सामान्य परिस्थितिमा पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला’ कार्यक्रममा…