काठमाण्डु - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान र पूर्व प्रधानमन्त्री वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकारको प्रस्ताव अगाडि सारेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार विहान ट्वीट गर्दै अहिले पक्ष विपक्षमा बाँडिनेभन्दा संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागितामा नयाँ सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । देशको संकट हल…