काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा अोलीका गलत क्रियाकलापको विरोधमा मत नदिएको स्पष्ट पारेका छन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै नेता नेपालले जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताएका छन् । ‘ओलीका उपर्युक्त कामकारबाहीका कारण…