काठमाण्डु – नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई पार्टी उपाध्यक्षमा मनोनित गरेको छ । पार्टीले पुनलाई एकैपटक केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षको जिम्मेवारी दिइएको उच्च स्रोतले जनाएको छ । माओवादी केन्द्रको चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । पुन २ कार्यकाल उपराष्ट्रपति भइसकेका…