संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध

काठमाण्डु– संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध चयन भएका छन्। सङ्घीय संसद् सचिवालयले बिहीबार दिउँसो २ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न समय दिएको थियो। सो अवधिभित्र खतिवडाको मात्रै उम्मेदवारी परेपछि उनी स्वतः निर्विरोध भएका हुन्। यसअघि संघीय निजामती सेवा विधेयक–२०८० मा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधान परिवर्तन गर्ने प्रकरणमा संसदीय…