कांग्रेसका विद्रोही र कारबाहीमा परेका नेता–कार्यकर्ताको कारबाही फुकुवा, घर फर्किन आह्वान

काठमाण्डु – नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी बनेका र अनुशासनको कारबाहीमा परेका नेता तथा कार्यकर्ताहरूको कारबाही माफी मिनाहा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संगठन सुदृढीकरणका लागि भन्दै यस्तो लचिलो नीति अख्तियार गरेको छ । बैठकले विगतका निर्वाचनमा पार्टी वा पार्टीले समर्थन गरेका…