काठमाण्डु- नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले २८ पुसभित्र विशेष महाधिवेशन हुनैपर्ने मागसहित केन्द्रीय कार्यालयमा स्मरणपत्र बुझाएका छन् । उनीहरुले शुक्रबार कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ गरिएको स्मरणपत्र बुझाएका हुन् । स्मरणपत्रमा माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन हुनैपर्ने उल्लेख गरिएको छ । स्मरणपत्रमा भनिएको छ, ‘हामी…