काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आन्तरिक परामर्शमा जुटेका छन् । काठमाण्डुका मेयर बालेन्द्र शाह ‘बालेन’सँग भेटवार्ता गरेपछि रवि आन्तरिक छलफलमा जुटेका हुन् । बालेनसँगको भेटमा उठेका विषयमा निर्णय दिनुअघि रविले छलफल थालेका हुन् । पार्टीमा भएको आन्तरिक छलफलबाट स्पष्ट धारणा बनाएर रवि पुन: बालेनसँग छलफलमा बस्नेछन् । बिहीबारै रवि–बालेनबीच पुन: छलफल…