प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषदको बैठक

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले सुरक्षा परिषदको नियमित बैठक मंगलबार बिहान ९ः३० बजेका लागि बोलाएका हुन् । पछिल्लो समय विकसित हुँदै गरेको राजनीतिक घटनाक्रम र आगामी वैशाखमा हुने निर्वाचनलगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दियो । बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा…