निर्वाचनको सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्री बादलको निर्देशन

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले बैशाखमा हुने मध्यावधि निर्वाचनको लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका बलका अधिकृतहरलाई आज गृहमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन् । उनले भने, ‘स्वच्छ, निस्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न…