विप्लवद्वारा हेलिकोप्टर चढ्न अस्वीकार, गाडीबाट काठमाण्डु आउँदै

काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले व्यवस्था गरेको हेलिकोप्टर प्रयोग गर्न अस्वीकार गरेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले महासचिव विप्लवलाई हेलिकोप्टमार्फत काठमाण्डु ल्याउन प्रस्ताव गरेपनि उनले अस्वीकार गरेका छन् । उनी गाडीमार्फत काठमाण्डु आउने भएका हुन् । महासचिव विप्लव अहिले काठमाण्डु उपत्यका बाहिर छन् । गृह स्रोतकाअनुसार सरकारले उनका लागि हेलिकोप्टर 'स्ट्याण्डबाई'…