विप्लवको शान्तिपूर्ण यात्रा : वार्ताको सफलता पछाडि लुकेका यी २ सन्देश

काठमाण्डु – २०७५ फागुन २८ गते सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाउँदा निषेधबाटै परास्त गर्ने रणनीति लिएको थियो । प्रतिबन्धको पृष्ठभूमि विप्लवका विस्फोटक गतिविधिले तयार पारेको थियो । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल लगायत व्यापारिक क्षेत्रलाई लक्षित गरेर बम विस्फोट हुन थालेपछि सरकारले प्रतिबन्ध लगाएको थियो । चन्दा संकलनका…