काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि देशको राजनीतिक माहोल तातेको छ । आइतबार बिहान प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपतिले दिउँसो प्रतिनिधिसभाको विघटन र मध्यावधि निर्वाचनको घोषणा गरिन् । प्रधानमन्त्री ओलीविरुद्ध नेकपाकै सांसदहरुले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव…