काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बैठक आह्वान गरिएको हो । आजको बैठकमा कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ ।…