मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदले गरे कित्ता परिवर्तन, ओली समूहमा लागे

काठमाण्डु – मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने दुई जना सांसदले कित्ता परिवर्तन गरेका छन् । प्रदेश सांसद कला घले र वसन्तीदेवी यादवले प्रचण्ड–माधव नेपाल समूह छोडेर ओली कित्तामा आएका हुन् । यादव मारङकी सांसद हुन भने घले उदयपुरकी हुन् । प्रचण्ड–नेपाल पक्षका भीम आचार्यलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी…