प्रधानमन्त्रीलाई गगनको चुनौतीः सुवास नेम्वाङ र अग्नी खरेल बोकेर आउनुस्, खुलामञ्चमा बहश गरौं

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधि सच्याएको भए आज प्रचण्ड–नेपाल समूहले सडकमा जानुपर्ने अवस्था नआउने दावी गरेका छन् । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको काठमाण्डु क्षेत्र नम्बर ४ को विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले ओलीका गतिविधि सच्याएको भए प्रचण्ड–नेपालले माइतीघरको सडकमा पुगेर ‘हामी यहाँ छौं’…