बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

काठमाण्डु – बागमती प्रदेश सरकारका तीन मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश तीन सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वमा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आज राजीनामा दिएका हुन् ।…