कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, प्रधानमन्त्रीको कदमविरुद्ध के होला निर्णय ?

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बिहीबार पनि बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि आवश्यक रणनीति तय गर्न मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । आजको बैठकले ओली सरकारका कदमविरूद्ध देशैभर आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको…