काठमाण्डु- नेकपा एकीकृत समाजवादीले रोजगारी तथा सुशासनको लागि सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यतालिकासहित कार्यक्रम घोषणा गरेका हुन् । कार्यक्रम सार्वजनिक गर्दै उनले सत्ता केन्द्रित नाजायज गठबन्धनको राजनीतिले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताए । सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै गएको कारण…