संवैधानिक इजलासमा वकिलको प्रश्नः भारतसँग युद्ध लड्नुपर्ने भएको हो र ताजा जनादेशमा जाने ?

काठमाण्डु – संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाहरुमा अहिले बहस भइरहेको छ । आइतबारको बहसमा रिट निवेदकसमेत रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानम्त्री केपी शर्मा ओलीले भनेझै संसद विघटन गरेर जनादेशमा जानुपर्ने स्थिती नआएको बताएका छन् । ताजा जनादेशमा जानका लागि विषय चाहिने भन्दै अधिवक्ता पौडेलले प्रधानमन्त्रीलाई कसले असहयोग गर्यो भन्दै प्रश्न गरेका छन् ।…