काठमाण्डु – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ? भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत सल्लाहकार थापाले डा. भट्टराईले विगत तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामको पक्षपोषण नगरेको र अहिले उनी जिम्मेवारीबाट विदाई हुँदा गोहीका आँसु झारेजस्तो गर्नु…