सावधानी पूर्वक चाडपर्व मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीको अवस्थामा सावधानी पूर्वक चाडपर्व मनाउन आग्रह गरेका छन् । मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वको अवसरमा शुभकामना दिँदै उनले कोरोना भाइरसको महामारीको कारण पर्व घरमै बसेर सुरक्षित रहँदै चाड मान्न आग्रह गरेका हुन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीचमा सुदृढ एकता भएको…