काठमाण्डु – अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा. युवराज खतिवडाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे आफ्नो भूमिका फेरिएको जवाफ दिएका छन् । बिहीबार संसदीय सुनवाई समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै डा. खतिवडाले अर्थमन्त्री भएको अवस्थामा भन्दा अहिले अवस्था फेरिएकाले परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार काम गर्ने बताएका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले एमसीसीबारे…