मन्त्रिपरिषद बैठक छलेर सचिवको सरुवा भएपछि माओवादी मन्त्री असन्तुष्ट

काठमाडौं– सरकारले गत साता गरेको विभिन्न मन्त्रालयका सचिवको सरुवामा माओवादी केन्द्रले आपत्ती जनाएको छ । उच्च स्रोतले दिएको जानकारी अनुसार गत साता सरुवा भएका विभिन्न मन्त्रालयका ३० जना सचिवको सरुवा मन्त्रिपरिषदबाट नभई प्रधानमन्त्रीको ठाडो आदेशमा मुख्यसचिव लोकदर्शन रेग्मीले गरेका हुन् । सामान्य प्रशासन सचिवको सिफारीसमा सचिवहरुको सरुवा मुख्यसचिवले गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।…