काठमाडौँ– अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्वीर रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखसँग समय लिएर डा खतिवडाले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा गरेका लगानीले प्रतिफल दिन थालेको र स्थिरता हुँदै समृद्धिको यात्रा अघि बढेको पनि श्वेतपत्रमा उल्लेख भएकाले समाजवादोन्मुख आत्मनिर्भर…